• आश्विन ३ २०८१, बिहीबार

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

आश्विन २ २०८१, बुधबार

२ असोज, काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।