• आश्विन ३ २०८१, बिहीबार

फिल्म ‘मायावी’ पुस २६ गते प्रदर्शनमा आउने

आश्विन १ २०८१, मंगलवार

१ असोज, काठमाडौँ । फिल्म ‘मायावी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा आउने भनिएको फिल्मको प्रदर्शन मिति परिवर्तन गरेर पुस २६ गते सारिएको छ ।

निर्देशक दीवाकर भट्टराईले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिए । उनले नयाँ फिल्म ‘नरसिंहा’को छायांकन र विभिन्न कारण फिल्म पहिले निर्धारित मितिदेखि पछाडि सार्नु परेको जानकारी दिए ।

पल शाह र दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’ सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको समेत अभिनय छ ।एक वर्ष लामो हिरासत बसाइपछि अभिनेता पलले अभिनय गरेको यो पहिलो फिल्म हो ।

यसपछि उनले अभिनय गरेको ‘रावायण’ रिलिज भइसकेको छ । रावायण रिलिजको नतिजा राम्रो नभएको कारण पनि ‘मायावी’ रिलिज सारिएको चर्चा छ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रुपमा छन् ।