• आश्विन ३ २०८१, बिहीबार

सुदूरपश्चिममा बजेट पेश गर्न माओवादी र एकीकृत समाजवादीको अवरोध

भाद्र ३१ २०८१, सोमबार

३१ भदौ, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो ।

बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने बताए । अहिले बजेट ल्याउनु संविधान र कानुन विपरीत हुने भन्दै पेश गर्न नदिने अडान लिए । माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोधजारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।