• आश्विन ३ २०८१, बिहीबार

अमेरिकामा बिक्री वा प्रतिबन्धको विरोधमा पुनरावेदन जाँदै टिकटक

भाद्र ३१ २०८१, सोमबार

वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकले सोमबार अमेरिकी कानुनलाई चुनौती दिँदै मुद्दा हाल्दैछ । टिकटकका चिनियाँ सञ्चालक बाइटडान्सले नौ महिनाभित्र कम्पनी नबेचे अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने कानुनमा अप्रिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका थिए ।

अमेरिकी प्रयोगकर्ताका डेटा चीन सरकारले दुरुपयोग गर्न सक्ने भन्दै अमेरिका सरकारले सो कदम चालेको हो । तर टिकटकले यो आरोपको खण्डन गर्दै आएका छन् । यसलाई चिनियाँ अधिकारीहरूले वाक स्वतन्त्रताको अधिकारमा असाधारण घुसपैठ भन्दै आएका छन् । अमेरिकामा टिकटकका १७ लाखभन्दा धेरै प्रयोगकर्ता छन् ।

कम्पनीले वासिङ्टन डीसीको पुनरावेदन अदालतमा तीन न्यायाधीशको इजलाससामु आफ्नो तर्कहरू पेस गर्नेछ । यस क्रममा कम्पनीका प्रतिनिधिको साथमा आठ जना टिकटक सर्जक पनि हुनेछन् । न्याय मन्त्रालयका वकिलहरूले यस मुद्दालाई अगाडि बढाउनेछ । डेटा चोरी बाहेक अमेरिकीहरूमाझ प्रोपोगान्डा फैलाउन यो एपलाई प्रयोग गर्न सक्ने सम्भावनाले पनि अमेरिकी अधिकारीहरू सशङ्कित बनेका छन् ।