• आश्विन ३ २०८१, बिहीबार

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

भाद्र ३१ २०८१, सोमबार

काठमाडौँ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् । दाहाल एमालेकी सांसद हुन् ।