• आश्विन ३ २०८१, बिहीबार

एकाबिहानै भरतपुर जान लागेको बुद्ध एयरको जहाजकाे ‘ह्विल लक’ भएपछि‍‍…….

भाद्र ३१ २०८१, सोमबार

काठमाडौं । भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ । त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् ।

बिहान ७.२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए ।

जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको छ ।  ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाउन लागिएको छ ।