• मंसिर १५ २०८१, शनिबार

‘च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

भाद्र ३० २०८१, आईतवार

काठमाडौं । फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म कैयौँ आप्रवासीको मृत्यु भएको फ्रान्सेली अधिकारीले बताएका छन् । ‘च्यानल पार गर्ने क्रममा कम्तीमा आठ आप्रवासीको ज्यान गुमेको छ,’ पास–डे–क्यालाइस प्रान्तका अधिकारीले बताए ।

क्षेत्रीय प्रमुख ज्याक बिलान्टले स्थानीय समयअनुसार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।तटीय सुरक्षा अधिकारीहरूले शनिबार दिएको जानकारीमा आप्रवासीहरूले हालैका दिनहरूमा साना डुङ्गाहरूको प्रयोग गरी खतरनाक च्यानल पार गर्ने धेरै प्रयासहरू गरेका थिएभने शुक्रबार र शनिबार मात्र २४ घण्टामा २०० जनालाई उद्धार गरिएको छ ।

फ्रान्सको उत्तरी तटीय क्षेत्रमा यसै महिना दर्जनौँ मानिस बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ आप्रवासीको मृत्यु भएको छ । उक्त मार्गमा सन् २०२३ मा १२ जनाको मृत्यु भएकोमा सन् २०२३ मा २५ जनाको मृत्यु भएको थियो भने शुक्रबार र शनिबार भएको यो घटना यस वर्षको सबैभन्दा घातक विपत्ति हो ।

फ्रान्स र बेलायती सरकारले वर्षौदेखि आप्रवासीहरूको प्रवाह रोक्न कोसिस गर्दै आएका छन् । सानो डुङ्गामा चढेर फ्रान्सबाट इङ्ल्यान्ड जानका लागि आप्रवासीहरूले तस्करहरूलाई प्रतिव्यक्ति हजारौं युरो तिर्छन । बेलायती अधिकारीहरुका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म २२ हजारभन्दा बढी आप्रवासी च्यानल पार गरेर इङ्गल्याण्ड आइपुगेका छन् ।