• आश्विन ३ २०८१, बिहीबार

प्राणयाम गर्ने तरिका र यसका फाइदा

भाद्र ३० २०८१, आईतवार

प्राणयामको फाइदा
प्राणयामको अभ्यासले तनावबाट छुटकराबाट दिइन्छ । यसको अभ्यासले डिप्रेसनको उपचारको रुपमा प्रयोग गरिन्छ । यसको अभ्यासले मन स्थिर र इच्छा शक्ति बलियो हुन्छ । यसले शरीरको उर्जालाई बढावा दिन्छ । शरीरमा कुनै धमनी रोकियो भने प्राणायामको अभ्यासले खोलिदिन्छ । प्राणायामले शरीर, मन र आत्माको तालमेल मिलाई राख्छ ।

प्राणायाम गर्ने तरिका
स्टेप १– प्राणायाम गर्न शान्त भएर एक ठाउँमा बस्नुहोस् । सामान्य रुपमा श्वास लिने छोड्ने गर्नुहोस् ।

स्टेप २– सिधा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् । ध्यान नाकमा केन्द्रित गर्नुहोस् । दिमाग शान्त गर्नुहोस् ।

स्टेप ३– विस्तारै गहिरो श्वास लिनुहोस् । जति समय श्वास लिनुभयो त्यति नै समय लगाएर बिस्तारै श्वास छोड्नुहोस् ।

स्टेप ४– यो प्रकृया दश देखि बीस मिनेट सम्म दोहोर्याउनुहोस् ।