• आश्विन २ २०८१, बुधबार

माइतीघरमा निकालियो अर्धनग्न जुलुस

भाद्र २९ २०८१, शनिबार

भदौ २९, काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका हुन् ।

करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् ।