• मंसिर १५ २०८१, शनिबार

ट्याक्सी चालकहरूले भक्तपुरदेखि काठमाडौंसम्म किन गरे प्रदर्शन ?

भाद्र २८ २०८१, शुक्रबार

काठमाडौं, भदौ २८ । ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका छन् । भक्तपुरबाट ट्याक्सीसहित उनीहरू काठमाडौंतर्फ अघि बढ्दा ट्राफिक जाम भएको थियो ।

शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमलोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका थिए । त्यहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर छ । प्रसाईको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी महोमणि अधिकारीका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन् । करिब दुई सय वटा ट्याक्सीसहित चालकहरूले सडकमा र्याली गर्दा जाम भएको थियो ।