सुर्खेत, भदौ २८ । सुर्खेतको बराहताल गाउँपालिकाले लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१–८२ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तरगत पालिकाभित्रका विद्यार्थीहरूका लागि गाउँपालिकाले निःशुल्क लोक सेवारशिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
उक्त कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले १५ असोजभित्र सम्बन्धित वडा कार्यलय वा गाउँपालिकाको महिला बाल बालिका तथा समाज कल्याण इकाईमा निवेदन पेस गर्न पालिकाले भनेको छ । महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्ग तथा समुदायका व्यक्तिलाई विषेश ग्राहयता दिइने पालिकाले जनाएको छ ।
जसका लागि तोकिएको ढाँचामा निवेदन, नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो दुईप्रति, विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी (अन्यत्रबाट विवाह गरी आएका महिलाहरूको लागि मात्र), कक्षा लिन चाहेको पदको लागि चाहिने न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्र पेस गर्न पालिकाले भनेको छ ।