• आश्विन २ २०८१, बुधबार

प्रस्तावित राजदूत रेग्मी भन्छन : अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्छु

भाद्र २७ २०८१, बिहीबार

२७ भदौ, काठमाडौं । अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि विश्वसनीयता बन्ने र समृद्धिको ढोका खुल्ने बताए । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ क्यानेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सागरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं ।

यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’ राजदूत भएर गए यसमा आफूले पहल गर्ने उनले बताए । नेपालको संसद र अमेरिकी कंग्रेसको बीचमा पनि सम्बध बढाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।