• आश्विन २ २०८१, बुधबार

सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

भाद्र २७ २०८१, बिहीबार

काठमाडौं, भदौ २७ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् ।

उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।

उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन् ।‘ठेगाना दुवैको महालक्ष्मी नगरपालिका ४ नै राख्नुभएको छ ।

तर श्रीमती माइती जाने गरेकोलगायत विभिन्न कारणहरू उललेख गर्नुभएको छ,’ उनले भने, ‘अब अदालतबाट श्रीमतीको नाममा म्याद जान्छ त्यसपछि अन्य काम अगाडि बढ्छ ।’ उनीहरूका दुई छोरी र एक छोरा छन । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।