• आश्विन २० २०८१, आईतवार

डार्क सर्कलका कारण र बच्ने उपाय

भाद्र २७ २०८१, बिहीबार

कारण

शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् ।

एनिमिया पीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।

बच्ने उपाय

१. गुलाब जल- कटनको कपडा डल्लो बनाइ त्यसलाई गुलबजलमा डुबाउनुहोस् र १० मिटेनसम्म आँखामा राख्नुहोस् ।

२. काँक्रो- काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो पारी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । त्यसपछि त्यसलाई आधा वरिपरि करिब १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् ।

३. टमाटर- टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुहोस् । १० मिनेट पछि त्यसलाई स्वच्छ पानीले सफा गर्नुहोस् ।

४. आलु- आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुहोस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नुहोस् । केही समय पछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ ।

५. पुदिना- पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुहोस् । करिब १०, १५ मिनेटपछि सफा पानीले पखाल्नुहोस् । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत गर्छ ।