• मंसिर १५ २०८१, शनिबार

पूजाको प्रसाद खाँदा एकै गाउँका ६० जनाभन्दा बढी बिरामी

भाद्र २७ २०८१, बिहीबार

भदौ २७, काठमाडौं । झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–९ मा उक्त घटना भएको हो ।

स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेका हुन् ।

बिरामीमध्ये अधिकांशमा पखाला र बान्ता भएको छ । केहीलाई भने ज्वरोसमेत आएको छ । बिरामी भएकाहरूको उपचार भइरहेको छ ।