काठमाडौँ । आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ १८ः३० बजे बैठक बोलाएका हुन् ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना रहेको स्रोतले बताएको छ।
सरकारी स्रोतले आजको बैठकपछि केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने जानकारी दिएको छ।