• मंसिर ११ २०८१, मंगलवार

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

भाद्र २६ २०८१, बुधबार

क्यान्सर यसै पनि एक प्राणघातक रोग हो । समयमा पहिचान नभएमा यही रोगले गर्दा अन्य स्वास्थ्य समस्या ल्याउँछ । जसमध्ये एक हो मुटुरोग । क्यान्सरको रोग र मुटुमा हुने रोग फरक‍ फरक तर जटिल रोग हुन् । फरक रोग भएपनि क्यान्सरले मुटुमा असर गर्न सक्छ ।
त्यसअघि दुवै रोगबारे बुझौं । क्यान्सर रोग खानपान, क्यान्सरजनक विषालु तत्व तथा कोषिकाहरुको अनियन्त्रित वृद्धि र वंशाणुगत कारणले लाग्न सक्छ ।

त्यस्तै, मुटुरोग विशेषगरी बोसोजन्य खाद्यपदार्थ, रक्तसञ्चार, मुटुको रक्तनली, मुटुको भल्ब, मुटुको विद्युतीय तरंगबाट नियन्त्रित गति, मधुमेह र रक्तचाप, मुटुको भित्तामा बोसो जम्नु र मोटोपनका कारण लाग्न सक्छ । केही वंशाणुगत पनि हुन्छ ।
मुटुको भित्ताहरुबीच पानी जम्नु र मुटुको धड्कन गर्दा पूरा फुक्न नसक्नु दुई प्रमुख किसिमका अवस्था प्रायजसो क्यान्सरका बिरामीमा देखा पर्छन् ।

यस बाहेक मुटुको गतिमा कमी आउनु र मुटुको कार्यमा सन्तुलन बिग्रनु लगायत पनि देखा पर्छन् । मुटुरोग प्रत्येक १) जना क्यान्सर रोगमध्ये एकजना रोगीलाई हुने गर्छ ।
निम्न क्यान्सरका रोगहरुमा मुटुको रोग प्रायस् धेरै देखा पर्छ ।
– फोक्सोको जटिल क्यान्सर
– छालाको मेलानोमा क्यान्सर
– स्तन क्यान्सर
– रगत सम्बन्धी ल्युकेमीया क्यान्सर– लिम्फ गाँठो सम्बन्धी लिम्फोमा क्यान्सर
– अन्य क्यान्सर

क्यान्सरका बिरामीलाई केमोथेरापी र विकिरणबाट उपचार गर्दा पनि मुटुको अवस्था बिग्रन सक्छ । केमो औषधि र विकिरणको साइड इफेक्टले पनि यस्तो हुनसक्छ । यस्तोमा मुटुमा पनि समस्या भएको पुष्टि भएमा केमो औषधि उपचार र विकिरण उपचार बन्द गर्नुपर्ने हुन्छ ।