• आश्विन १ २०८१, मंगलवार

सूर्याले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

भाद्र २६ २०८१, बुधबार

काठमाडाै । भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

बुधबार चितवन शक्तिले दोस्रो विदेशी खेलाडीका रूपमा भारतीय खेलाडी सूर्यालाई अनुबन्ध गरेको घोषणा गरेको हो । लिगका लागि चितवनले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरेको थियो ।

सूर्या नेपाली भलिबलका लागि परिचित अनुहार हुन् । सूर्याले यसअघि नेपाली भलिबल लिगमा एभरेष्ट क्बल बुटबलबाट खेलिसकेकी छिन् । यही वर्ष भएको क्लब च्याम्पियनसिप लिगमा सूर्या उत्कृष्ट ब्लकर घोषित भएकी थिइन् । अघिल्लो वर्ष भएको एनभीए लिगमा सूर्या उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् ।

चितवन शक्तिकी मार्की खेलाडी नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही छन् ।