• आश्विन १ २०८१, मंगलवार

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

भाद्र २६ २०८१, बुधबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमका साथै उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नबारे छलफल गरेर धारणा बनाउने उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिए ।