• आश्विन १ २०८१, मंगलवार

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र २६ २०८१, बुधबार

काठमाडौं, भदौ २६ । सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो ।

भदौ २१ मा छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएकामा आज ४०० रुपैयाँले बढेर प्रतितोला ५३ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज कायम मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १०० रुपैयाँले बढी हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० मा कारोबार भएकामा बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले बताएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।