• आश्विन १ २०८१, मंगलवार

जिम सुरु गर्दा के–के कुरामा ध्यान दिने?

भाद्र २६ २०८१, बुधबार

जिम सुरु गर्दा यस्ता कुरामा ध्यान दिन आवश्यक छ :

– सबैभन्दा पहिले जिम गर्नुको उद्देश्य बारे स्पष्ट हुनुपर्छ।
– जिमभित्र पनि धेरै किसिमको विधाहरु हुन्छन्। तौल बढाउने, घटाउने वा शरीरलाई सुगठित बनाउने के का लागि भन्ने बारे स्पष्ट हुनुपर्छ।
– जिम जाने बित्तिकै तत्काल परिणाम देखिन्छ भन्ने धेरै अपेक्षा गर्नु भएन। यसको नतिजा निश्चित समयपछि देखिन्छ।
– प्रशिक्षकसँग आफ्ना समस्या, स्वास्थ्य अवस्था, जिम जानुको उद्देश्यबारे सबै कुरा स्पष्ट रुपमा राख्नुपर्छ।