आज संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदै छ ।
स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले स्मृतिसभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुने बताए ।
नेम्वाङ २०४८ र २0५१ मा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।