• आश्विन २ २०८१, बुधबार

आज बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

भाद्र २६ २०८१, बुधबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ २६ गते बुधबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ। मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ।

मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७५ र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा कायम भएको छ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ३६ र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।