• आश्विन १ २०८१, मंगलवार

सेयर बजारमा कारोबार घटेको घट्यै

भाद्र २५ २०८१, मंगलवार

२५ भदौ, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज मंगलबार ७ अर्ब २४ करोडमै खुम्चियो । आइतबार १० अर्ब १२ करोडको कारोबार भएको थियो । साउन अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएकोमा त्यसयता घट्दै गएको छ । कारोबार रकमसँगै परिसूचक पनि ओर्लिइरहेको छ । मंगलबार १३.०९ अंकले नेप्से परिसूचक घटेको छ । यो गिरावटपछि नेप्से २६३२ अंकमा कायम भएको छ । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७०को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन क्षेत्रको सूचक स्थिर रह्यो भने व्यापार समूह ०.७९ प्रतिशत बढ्यो । अरु सबै घटे ।

बैंकिङ ०.११, विकास बैंक०.६९, फाइनान्स ०.९९, हाइड्रोपावर०.७१, लगानी ०.५३, जीवन बीमा ०.७६, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.९१, निर्जीवन बीमा ०.४०, अन्य ०.४४ प्रतिशत घटे । मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोको ९.९, अपर स्याङ्गे हाइड्रोपावरको ७.५४, आत्मनिर्भर लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै स्वरोजगार लघुवित्तको ५.९१, मुक्तिनाथ कृषि कम्पनीको ४.७, महिला लघुवित्तको ४.४ तथा पिपुल्स हाइड्रोपावरको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र अपी पावर क्रमशः अगाडि रहे ।