• आश्विन १ २०८१, मंगलवार

ह्वात्तौ बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र २४ २०८१, सोमबार

काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मू्ल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।