• आश्विन १ २०८१, मंगलवार

सुर्खेतका लागी उडेको श्री एयरलाइन्सको जहाजकाे ह्वील स्टेरिङ लक भएपछि आकस्मिक अवतरण

भाद्र २४ २०८१, सोमबार

काठमाडौँ, २४ भदौ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो ।‘उडेको ८ मिनेटमै जहाज फेरि एकाएक त्रिभुवन विमानस्थलमै फर्काइयो’, यात्रु मदन खड्काले भने ।

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।