• आश्विन १ २०८१, मंगलवार

तेस्रो विश्व युद्धको सम्भावना कति छ, कस्तो रहला नेपालको अबस्था ?

भाद्र २३ २०८१, आईतवार

काठमाडौं । एकातिर विश्वमा राजनीतिक ध्रुविकरण बढ्दै गइरहेको छ भने अर्को तिर शक्ति राष्ट्रहरु अमेरिका, बेलायत, रुस, चीन, जर्मनी, इटली, फ्रान्स,इरान,उत्तर कोरिया, भारत र पाकिस्तानले बारुद र हतियार बनाउन ठूलो लगानी खर्च गरिरहेका छन् । सैन्य शक्तिसँगै आणविक हतियार, बम गोलामा लगानी बढाइरहेका शक्ति राष्ट्रबीच समय–समयमा मनमुटाव भइरहने गरेको छ । तर, साच्चै शक्ति राष्ट्र बीच आमने सामने भई एकअर्को प्रति आक्रमक बन्ने स्थिति आएमा भने तेस्रो विश्व युद्ध टार्न सकिन्न ।

विश्वमा भइरहेको रुस–युक्रेन युद्ध होस् या इजरायल–प्यालेष्टाइन युद्ध । लामो समयदेखि चलिरहेको रुस–युक्रेन युद्धमा देखिएका भयावह अबस्था कुनै शक्ति राष्ट्रहरु बीच ठूलो टकराब हुने अबस्था आयो भने तेस्रो विश्व युद्ध हुने सम्भावना बढ्ने देखिन्छ । यदि तेस्रो विश्व युद्ध भइहाले भने अब भने विश्वको कुनै पनि राष्ट्र अछुतो रहन सक्दैनन् । हुन त रुस–युक्रेन युद्धमा पनि अमेरिकाले एउटा मोर्चाबन्दी गर्दा शक्ति राष्ट्र चीन, भारत, इरान लगायतको देशले रुसलाई साथ दिए । अहिले विश्वमा दुई ध्रुवबीचको आर्थिक, राजनीतिक र आणविक रुपमा को बोलियो भन्ने होडबाजी चलिरहेको अबस्था छ । होडबाजीकै बिच दोस्रो शक्ति राष्ट्रलाई कमजोर बनाउने खेल एकले अर्को पक्षलाई गर्दै आइरहेका छन् । चाहे ताइवान विषयलाई लिएर चीनसँग अमेरिकाले बढाएको दबाब होस् या इजरायल–हमास युद्ध ।

शक्तिशाली राष्ट्रको चक्रव्यूमा फसिरहदाँ एउटा देशले अर्को देशमाथि निशाना लगाउने, दबाबमा राख्न खोज्ने र युद्धसम्म गर्न पछि नपर्नुले पनि विश्वमा धेरै राष्ट्रहरुबीच एक आपसमा युद्धमा होमिने सम्भावना बढ्दै गइरहेको छ । एक महिनाअघि मात्रै इरानको भूमिमा इजरायलले गरेको हवाइ आक्रमण होस् या इरानले आफ्नै भूमिबाट इजरेल लक्षित दुई सय बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्यपूर्व अशान्त छ । गत अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएपछि इरान र इजरायलबीच तनाव चुलिएको हो ।

इजरायलले गरेको सो आक्रमणको जवाफी कारबाही गर्ने इरानले चेतावनी पटक–पटक दिदै आइरहेको छ । दुई देशबीचको द्धन्द्ध जारी नै छ । कुनै पनि बेला इजरायलले इरानमाथि वा इरानले इजरायलमाथि धावा बोल्न सक्ने सम्भावना भने अझै बाँकी नै छ । यस्तो युद्धमा तेस्रो पक्ष पनि युद्धमा सामेल हुने र शक्ति राष्ट्रबीच तनाबको स्थिति आयो भने ठूलो युद्धको सम्भावना रहन्छ । किन की हामीले दोस्रो विश्व युद्धको भयावह रुप हुनु अघि यस्तै देशहरुबीचको लडाइसँगै शक्ति राष्ट्र अमेरिकालाई पनि निशाना बनाउँदा पछाडि बसिरहेको अमेरिका फ्रन्टमा आउनु पर्ने बाध्यता सिर्जना भएको थियो । यदि शक्ति राष्ट्रबीच ठूलो द्वन्द्ध हुने अबस्था आएमा दोस्रो विश्व युद्ध भन्दा तेस्रो विश्व युद्धले ठूलो भयावह अबस्था निम्ताउन सक्ने देखिन्छ । प्रविधिकोको उच्च प्रयोगसँगै बनेका आणविक हतियार र शक्तिशाली बमबारी र क्षेप्यास्त्र प्रयोग गरेर युद्ध हुनेछ ।  जसले दोस्रो युद्धको तुलनामा चार गुणा बढी क्षति व्यहोर्नु पर्ने अबस्था आउन सक्छ । अहिलेको अबस्थामा आधा विश्व तहसनहस हुने स्थिति हुनेछ । यस्तो युद्धमा शुरु मा अमेरिका पछि बसेर काम गर्ने र दबाब सिर्जना भएपछि फ्रन्टमा आएको देखिन्छ । प्रथम र दोस्रो विश्व युद्धमा पनि अमेरिका पछि मात्रै सामेल भएको देखिन्छ ।

त्यसो त प्रथम विश्व युद्धमा (६ अप्रिल) सन् १९१७ मा अमेरिकाले पहिलो विश्वयुद्धमा सहभागी भएको औपचारिक घोषणा गरेको थियो । अमेरिकी संसद्ले ६ अप्रिलमा युद्धको पक्षमा मतदान गरेपछि अमेरिका औपचारिक रूपमा जर्मनीविरुद्ध पहिलो विश्वयुद्धमा होमिएको हो । सन् १९१४ मा विश्वयुद्ध सुरु भए पनि तीन वर्षसम्म अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा भाग लिएको थिएन । तर, जर्मनीले अमेरिकी मालवाहक पानीजहाजमा लगातार क्षति पु¥याएपछि अमेरिकी जनमत जर्मनीविरुद्ध युद्ध लड्नुपर्ने पक्षमा उभिएको थियो । करिब चार वर्ष चलेर सन् १९१८ नोभेम्बर ११ मा अन्त्य भएको पहिलो विश्वयुद्धमा २० लाखभन्दा बढी अमेरिकी सैनिक पश्चिम युरोपका युद्धभूमिमा खटिएका थिए । त्यस क्रममा ५० हजारभन्दा बढीको ज्यान गएको थियो । आजका लगभग ७० देशहरु यस द्वन्द्वमा सहभागी भए । तर उनीहरु मध्ये अधिकांश तत्कालिन समयका ६ वटा साम्राज्यवादी शक्तिहरुको अधिनमा थिए । त्यो बेलाका विश्वशक्ति राष्ट्रहरु अष्ट्रिया–हंगेरी, ब्रिटेन, फ्रान्स, जर्मनी, रसिया र अटोमन साम्राज्य थिए । उनीहरुले विश्वका अधिकांश भागलाई नियन्त्रण लिएका थिए ।

शुरुमा लगभग दर्जन वटा राष्ट्रहरु मात्रै युद्धमा गएका थिए, बाँकी पछि मात्र सहभागि भएका हुन् । इटाली सन् १९१५ र अमेरिका सन् १९१७ मा युद्धमा प्रवेश गरे । तत्कालिन समयमा युद्धरत सम्पूर्ण देशहरुको कुल जनसंख्या ८० करोड थियो । यो भनेको त्यो बेलाको विश्वको कूल जनसंख्याको आधा हो । द्वन्द्व अवधिभरी जम्माजम्मी २० वटा देश मात्र तटस्थ रहन सके । तीमध्ये अधिकांश राष्ट्रहरु ल्याटिन अमेरिका र उत्तरी युरोपका थिए ।

त्यति बेला १ करोड सेनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा धेरै जर्मनी र रुसी सेना थिए । त्यति बेला युद्धमा रुस ः २० लाख मृत्यु, ५० लाख घाइते, जर्मनी ः २० लाख मृत्यु, ४२ लाख घाइते ,फ्रान्स ः १४ लाख मृत्यु, ४२ लाख घाइते, अष्ट्रिया–हंगेरी ः १४ लाख मृत्यु, ३६ लाख घाइते , ब्रिटेन र ब्रिटिस साम्राज्य ः ९.६ लाख, २० घाइते, इटाली ः ६ लाख मृत्यु र १० लाख घाइते, अटोमन साम्राज्य ः ८ लाख मृत्यु, अमेरिका ः १.१७ लाख मृत्यु भएको तथ्यांक छ । क्षतिको हिसाबले यो अत्याधिक धनजनको क्षति भएको मानिन्छ । पहिलो विश्व युद्ध अन्त्यसँगै अब विश्वमा अर्को विश्व युद्ध नहोस् भन्ने उद्धेश्यले सामन्जस्यता सँगै शान्तिको कामना गर्दै सन् १९१९ मा भर्सेलिज सन्धि गरिएको थियो । जसको उद्धेश्य अब विश्वमा अर्को ठूलो युद्ध नहोस् भन्ने थियो । त्यति बेलाका अमेरिकी राष्ट्रपति उड्रो विल्सनको नेतृत्वमा पहिले आफू नरही फ्रान्स र ग्रेट ब्रिटेनले निगरानी गर्ने गरी लिग अफ नेसनको स्थापना भएको थियो । लिग अफ नेसनल स्थापना भए पनि विश्वमा धेरै देशमा आन्तरिक कलह भइरहेको थियो । लिग अफ नेसनमा अमेरिकाको अनुपस्थिती हुनुले पनि अरु देश त्यसै पनि सशंकित थिए ।

शक्ति राष्ट्र अमेरिका अनुपस्थित भएकै कारण फ्रान्स र ब्रिटेनको निगरानीमा बनाएको संगठनबाट जर्मनीले सन् १९२८ मा संलग्न भएको भए पनि जर्मनमा नाजीको उदय भएपछि १९३३ मा संगठन छाड्यो । त्यतिबेलाको सोभियत संघले सन् १९३३ मा सम्मिलित भएर १९३९ मा लिग अफ नेसनल छाड्यो । साथै जापानले पनि सन् १९३६ मा सो लिग छाडयो । विस्तारै यि शक्ति राष्ट्रहरुले आफ्नो प्रभुत्व बढाउँदै लगे । एकातिर शक्ति राष्ट्रहरु आफ्नो प्रभुत्व बढाउँदै गइरहेका बेला विश्वमा सन् १९२९ मा आर्थिक मन्दी बढ्यो । धेरै ठाउँमा चरम निराशा र आर्थिक अभावले गाज्यो । त्यति बेला नेशनल लिगमा सामेल भएका ब्रिटेन र फ्रान्स अरु देशमा सैनिक पठाउन चाहदैन थिए । शक्ति राष्ट्रबीच एक अर्कोमा मनमुटाव र शक्ति प्रर्दशनका कारण युद्ध चर्कन शुरु भयो । मनमुटाव र शक्ति प्रर्दशनीले दोस्रो विश्व युद्धको रुप लिन पुग्यो । सन् १९३९ बाट द्वितीय विश्व युद्ध शुरु भयो । यो युद्ध झन्डै सन् १९४५ सम्म सात बर्षसम्म चलेको थियो । दोस्रो विश्वयुद्ध १९३९ देखि १९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल–थल–वायु सेनाहरू यस युद्धमा सम्मलित थिए । यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र । यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो । युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भयो ।

१ सेप्टेम्बर १९३९ मा पोल्यान्ड माथि जर्मन आक्रमण भएपछि साधारणतया युरोपमा दोस्रो विश्वयुद्ध सुरु भएको मानिन्छ । त्यसको दुई दिन पछि संयुक्त अधिराज्य र फ्रान्सले जर्मनी विरुद्ध युद्धको घोषणा ग¥यो । यता प्रशान्त महासागरको मोर्चामा युद्धको सुरुवातको मिति दोस्रो जापान–चीन युद्ध सुरुवात ७ जुलाई १९३७ मा वा मन्चुरियामाथिको जापानको आक्रमण, १९ सेप्टेम्बर १९३१ लाई मानिन्छ । अन्यले ब्रिटिस इतिहासकार ए.जे.पि टेलरलाई अनुसरण गर्छन् । उनको अनुसार, चीन–जापान युद्ध तथा युरोप र यसका उपनिवेशमा संगसँहै युद्ध भए, र दुई युद्ध १९४१ मा दोस्रो विश्वयुद्ध भयो । कसैकसैले अन्य सुरुवातको मितिमा एबिसिनियामा इटालीको आक्रमण ३ अक्टोबर १९३५ लाई मानिन्छ ।

ब्रिटिस इतिहासकार एन्टोनी बिवोर मे देखि सेप्टेम्बर १९३९ सम्म भएको जापान र सोभियत र मंगोलियाको सेना बीचको खाल्खिन गोलको लडाइँ लाई दोस्रो विश्वयुद्धको सुरुवात मान्छन् । अन्यले स्पेनिस गृहयुद्धलाई दोस्रो विश्वयुद्धको सुरुवात वा प्रस्तावना मान्छन् । २ सेप्टेम्बर १९४५ मा जापानको औपचारिक आत्मसमर्पण भन्दा पनि १४ अगस्ट १९४५ मा युद्धविराम भएसँगै युद्ध सकिएको मानिन्छ । जापान र मित्र शक्ति बीच १९५१ मा शान्ति सन्धि भयो । युद्धमा हताहतीको कुल संख्याको अनुमानमा अनेकता छ, किनकी कयौ हताहतीहरू रेकर्ड हुन सकेनन् । धेरैको राय ६ करोड मानिस युद्धमा मारिएको छ, जसमा २ करोड सैन्य र ४ करोड नागरिक रहेको छ । धेरै गैर सैन्य नागरिकहरूको मृत्यु नरसंहार, संक्रमण रोग, बम बर्षा, र भोकमरी बात भएको थियो ।

सोभियत सङ्घले मात्र ८७ लाख सैन्य र १९ करोड नागरिक गरी करिब २ करोड ७० लाख मानिस गुमायो । सोभियत युनियनको कुल जनसंख्याको एक चौथाई मानिसहरू मारिएका वा अपाङ्ग भएका थिए । जर्मनीले ५३ लाख सैनिकको मृत्यु भयो ।

जापानको आक्रमणपछि विश्व युद्धमा सामेल भएको थियो अमेरिका
पर्ल हार्बर, दोस्रो विश्वयुद्धका दौरान अमेरिकी भूमिमा भएको पहिलो आक्रमण थियो । त्यसअघि दोस्रो विश्वयुद्धमा आफू सामेल नहुने, प्रत्यक्ष सैन्य मुठभेडबाट आफूलाई अलगथलग राखेर आफ्नो सैन्य क्षमता तथा अर्थतन्त्रलाई बचाएर राख्ने अमेरिकी रणनीति थियो । तर पर्ल हार्बरमा भएको अप्रत्यासित हमलापछि अमेरिका विश्वयुद्धबाट अलगथलग बस्न सक्ने अवस्था रहेन । अब ऊ पनि आक्रमणमा सक्रिय रुपमा उत्रिनैपर्ने बाध्यता आइलाग्यो ।

फलतः आक्रमणलगत्तैै अमेरिकी राष्ट्रपति फ्रयाङलिन डि रुजभेल्टले जापानविरुद्ध युद्ध घोषणा गरे । उनको त्यो युद्धको घोषणालाई ८ डिसेम्बरमा (आक्रमणको भोलिपल्ट) संसद्ले पारित ग¥यो । एकातिर जर्मन, जापान, इटाली जस्ता भरभराउँदा युद्धोन्मादले जम्जमाएका राष्ट्रहरु र तिनका गठबन्धन, अर्कोतिर बेलायत, रुस र फ्रान्सको मोर्चा (मित्र राष्ट्र) युद्धमा संलग्न थिए । अब अमेरिका पनि मित्र राष्ट्रहरुको मोर्चामा संलग्न भएर प्रत्यक्ष रुपमा विश्वयुद्धमा जोडियो । अमेरिका जोडिएपछि मित्र राष्ट्रहरुको मोर्चा झनै शक्तिशाली बन्यो । त्यसको तीन दिनपछि जापानका सहयोगी जर्मनी र इटालीले पनि अमेरिकाविरुद्ध युद्ध घोषणा गरे । यसरी युद्ध सुरु भएको दुुई वषपछि पर्ल हार्बर काण्डकै कारण अमेरिका पनि प्रत्यक्ष रुपमा युद्धमा उत्रिनु बाध्य भयो । दोस्रो विश्व युद्धको समाप्तिपछि विश्वमा दुई पोलार स्थापना भयो एउटा अमेरिका र अर्को सोभियत संघ । सोभियत संघ टुक्रेपछि विश्व शक्तिको रुपमा अहिले चीन अघि देखा परिरहेको छ । रुस पनि आणविक हतियारमा बलियो देश हो । दुई वर्षअघि देखि रुस युक्रेनसँगको युद्धमा फसिरहेको छ ।

तेस्रो विश्व भए विश्वविनाशको कारकतत्व बन्न सक्छ 

अमेरिका र रुस आमने सामने भएको खण्डमा तेस्रो विश्व युद्ध टाढा छैन । ’तेस्रो विश्वयुद्ध हतियारले लडिएला म भन्न सक्तिनँ । तर, चौथो विश्वयुद्ध चाहिँ लठ्ठी र ढुङ्गाले लडिन्छ, यसमा म पक्का छु ।’ यो भनाइ हो, भौतिकशास्त्रका पिता अल्बर्ट आइन्स्टाइनको । यो भनाइबाटै थाहा हुन्छ– यदि तेस्रो विश्वयुद्ध भयो भने कुन हदसम्म जान्छ र विश्वविनाशको कारकतत्व बन्छ भन्ने ।

तेस्रो विश्व युद्धपछि अर्को युद्ध भनेको चौथो विश्व युद्ध हो । जो तेस्रो विश्वयुद्ध सकिएपछि हुनेछ । अल्बर्ट आइन्स्टाइनको भनाइलाई आधार मान्दा तेस्रो विश्व युद्धमा सबै आणविक हतियार सकिएसँगै मात्रै ढुङ्गा र लाठी मात्रै हामीसँग बाँकी रहन्छ । उनको भनाई मान्दा तेस्रो विश्व युद्ध कति कहालीलाग्दो हुन्छ र भयावह हुन्छ भन्ने संकेत गर्दछ । त्यसो त अहिले विश्वमा विकसित भइरहेको आणविक हतियार र त्यसको प्रयोग अधिकतम हदसम्म हुदाँ हामीसँग बाँकी रहने भनेको ढुङ्गा माटो र लाठी मात्रै हो । विश्वमा पछिल्लो समय देखिएको घटनाक्रमले युद्धको कालो बादल मडारिरहेको छ ।

दुई वर्षदेखि चलिरहेको रुस- युक्रेनको युद्धमा युक्रेनको पक्षमा प्रत्यक्ष रुपमा अमेरिका र पश्चिमा देशहरु जोडिएका छन्। नेटोको फौज र हतियारको शक्तिको आडमा युक्रेनले रुससँग युद्ध लडिरहेको छ । दुई देशबीचको युद्ध अनिश्चित समयसम्म जाने देखिन्छ । अमेरिका लगायत पश्चिमी मुलुकले रुस र युक्रेनको युद्धलाई शान्ति वार्तामा लैजान खोजेको पनि देखिदैन । बोरु अमेरिकाले युक्रेनको अखण्डतामाथि रुसले धावा बोलेको भन्दै विरोध जनाउँदै आइरहेको छ । युक्रेनको पक्ष लिनका लागि अन्य देशसँग पनि आग्रह अहिले पनि गरिरहेको छ । धेरैले रुस र युक्रेनको युद्धपछि तेस्रो विश्व युद्ध अब शुरु भयो भनी आँकलन गरेका थिए । तर, यसमा बुझ्नु पर्ने कुरा के छ भने जब युक्रेनलाई रुस विरुद्ध जाइलाग्न अमेरिका लगायत युरोपेली मुलुकले उक्साए र युद्ध शुरु भएपछि उनीहरु पछि हटे । किनकी त्यो युद्धले युरोपेली मुलुक लगायत अमेरिकालाई कुनै असर गरेको थिएन । बोरु शक्ति राष्ट्रलाई हतियारको व्यापार गर्ने बहाना मात्रै बनेको थियो । साच्चै यो युद्धमा अमेरिका र रुस आमनेसामने हुने अबस्था भएको भए तेस्रो विश्व युद्धको रुप देखिन सक्थ्यो । यो हेर्दा विश्वका शक्तिशाली देशहरुबीचको टकराव र अमेरिका र युरोपीय देशहरुसँग रुष्ट हुँदै जादाँ तेस्रो विश्व युद्ध ननिम्तेला भन्न भने सकिदैन । हामीले दोस्रो विश्व युद्धलाई हे¥यौै भनेपनि युद्धको कारण शक्ति राष्ट्रबीचको टकराब नै थियो

रुस र युक्रेनबीचको युद्धामा यदि अमेरिका युद्धमा सङ्लग्न भएको भए विश्वयुद्धको सुरूवाती हुन सक्थ्यो । रुस र अमेरिका आमने–सामने भएको युद्धमा कोही पनि बच्नेवाला छैन । कुनै न कुनै माध्यमबाट सबै देश युद्धमा तानिने वा धकेलिनेछन् । आधुनिक युद्धमा यसबाट जोगिने, तटस्थ बस्ने वा असंङ्लग्नता यी सबै युद्ध सुरु हुनुअघिको सैद्धान्तिक बहस मात्रै हुनेछ । अहिले नेपाल हामी तटस्थ र असंलग्न परराष्ट्र नीति भनेर बसेपनि कुनै न कुनै पोलमा जोडिनु अनिवार्य हुनेछ । दुई धुवबीच बाँडिदाँ कुनै एउटा पक्ष लिनै पर्ने हुन्छ त्यसो हुदाँ नेपाल अछुतो रहन सक्ने सम्भावना देखिन्न । युद्धका असर नेपालले पनि भोग्नुपर्ने हुन सक्छ । भौगोलिक बनावटले सुरक्षित भए पनि यो एउटा बफरजोन भित्र पर्दछ । यसको मतलब यो हो कि हाम्रो उत्तरमा चीन र दक्षिणमा भारत रहेको छ । दुई देशको दुश्मनी सदा सर्वदा छ । जतिबेला सम्म चीन र भारतको दुश्मनी रहन्छ त्यतिबेला सम्म नेपाल असुरक्षित राष्ट्र भित्र पर्ने गर्दछ । अहिले चीनलाई तह लगाउन पश्चिमा देशको एउटा उपयुक्त स्थान हो नेपाल । शक्ति राष्ट्रको खेल मैदान बनिरहदाँ नेपाल सुरक्षित हुन सक्ने कुरै भएन ।

मध्ये पूर्वमा इजरायल र प्यालेष्टाइनी बीचको युद्ध होस् या रुस–युक्रेन युद्धले अर्को विश्व युद्धको संकेत त गरेको छ नै त्यसमा ठूला शक्ति राष्ट्रबीच ठूलो मतभेद भइसकेको अबस्था देखिदैन । त्यसो त इजरायलले प्यालेष्टाइनमाथि अमेरिकाको सहयोगमा युद्ध गरेको भन्दै इरानले प्यालेष्टाइनलाई चेतावनी दिइरहेको छ । आण्विक हतियारले सुसोजित इरान र इजरायलबीच युद्ध हुने अबस्थामा अमेरिकाले प्रवेश गरेको खण्डमा अर्को शक्ति राष्ट्र पनि युद्धमा सामेल हुन सक्ने सम्भावना बढेर जाने देखिन्छ । यसरी शक्ति राष्ट्रहरुबीच युद्धमा होमिने अबस्था आएमा नेपालले लिएको तटस्थता नीतिले कुनै काम गर्ने देखिदैन । कुनै न कुनै पक्षमा आफ्नो समर्थन गर्न पर्ने हुन्छ । त्यस्तो अबस्थामा नेपाल लगायत विकाशोन्मुख राष्ट्रको भविष्य पनि खतरा बन्ने स्थिति देखिन्छ ।

विश्व युद्ध नै हुने अबस्था भयो भने केही राष्ट्र भने सुरक्षित रहने देखिन्छ । जस्तो स्वीटजरल्याण्ड  सुरक्षित देशकाे रुपमा मानिन्छ । ठूला-ठूला पहाडले घेरिएको स्वीजरल्याण्ड सुरिक्षित राख्नेछ । आकाशी हमलाबाट पनि बचाउन सकिन्छ । दोस्रो विश्व युद्धका बेलामा जर्मनी फ्रान्स र इटाली तहसनहस भएका थिए । जहाँबाट सीमा शुरु भएका थिए त्यहाँ ठूला पहाड छन् ।

तुभालु(Tuvalu) भन्ने देश प्रशान्त महानगर छेउमा रहेको छ । जहाँको जनसंख्या ११ हजार ३ सय जना छ । विश्वयुद्ध भएमा यो देश ९९ प्रतिशत भूभाग सुरक्षित रहने छन् । तर जलवायु परिवर्तनका कारण समुन्द्रमा पानीको स्तर बढिरहेको छ । जुन तुवालुका लागि खतराको घण्टी हो । न्युजिल्याण्ड पहाडी भूभाग धेरै छ जसको कुनै पनि देशसँग शत्रुता छैन । एकान्त र शुनसान छ । विश्वको शान्तपूर्ण देशको रुपमा परिचित छ । जसलाई विश्व युद्धको कुनै चिन्ता छैन । चिलि सुरक्षित राष्ट्र हो । लामो समुन्द्रको किनारामा रहेको यो देश पनि तेस्रो विश्व युद्धमा नफस्ने देखिन्छ । अर्को राष्ट्र हो ग्रिनल्याण्ड । त्यसो त ग्रिनल्याण्ड ८० प्रतिशत हिउँले ढाकिएको ठाउँ हो  । यो राष्ट्र युरोपियन मुलुकसँग जोडिएकाले यदि युद्ध भएमा भने धर्म संकटमा पर्न सक्नेछ । जुन बेला युद्धमा सामेल नहुने भन्दा भन्दै पनि जानु पर्ने बाध्यात्मक अबस्था भने आउन सक्ने देखिन्छ । अर्को देश माल्टा हो । यो देश भूमध्यसागरमा रहेकाले पनि विश्वयुद्धमा सामेल हुने सम्भावना कम छ ।

 

सन्दर्भ सामग्री:

dailymail.co.uk

telegraph.co.uk

विश्व युद्धका इतिहास र इतिहासका पाना

World War I: the Definitive Visual History, Smithsonian Book