• आश्विन १ २०८१, मंगलवार

काठमाडौंमा दुई जना मृत भेटिए

भाद्र २३ २०८१, आईतवार

२३ भदौ, काठमाडौं । काठमाडौं–३१ स्थित सुकुम्बासी वस्ती र काठमाडौं–२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् । रानीबारीमा कुमारी टोलमा डेरा गरी तनहुँका ५० वर्षीय लोकेन्द्र महत आफ्नै कोठामा भृत अवस्थामा फेला परेका हुन् । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । दुवै जनाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।