• आश्विन १ २०८१, मंगलवार

विदेशी लिगमा जम्दै नेपाली महिला फुटबलर

भाद्र २३ २०८१, आईतवार

२३ भदौ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले गत वर्ष विश्वकै चर्चित फ्रान्सको शीर्ष श्रेणीको महिला लिग फुटबल खेल्दै कीर्तिमान बनाइन् । नेपालबाट युरोपियन लिग खेल्ने पहिलो खेलाडी उनी उनी लगातार दोस्रो सिजन गुइगाम्पबाट खेल्न लागेकी हुन् । रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । हाल युएईको अबुधाबी कन्ट्री क्लबबाट खेलिरहेकी उनले च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा दुई गोल गरिन् । एक गोल त रोनाल्डो खेल्ने साउदी क्लब अल नासेरको महिला टोली विरुद्ध थियो । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि युरोपमा खेल्न जान लागेकी छन् ।

उनी ग्रीस क्लब निस अट्रोमिटोउमा २०२४९२५ को सिजनका लागि अनुबन्ध भएकी हुन् । नेपालका युवा फुटबलहरु जेनिफर राना, कुश्मा राई र सुशिला कुमारी चौधरी हाल भुटानको शीर्ष श्रेणीको महिला लिग खेलिरहेका छन् । नेपाली महिला फुटबल खेलाडीहरु विदेशमा जमिरहेको पछिल्लो उदाहरण हो । नेपालमा अहिले एन्फा महिला लिग सुरु भइरहँदा केही महिला फुटबलहरु भने विदेशी लिगमा छाइरहेका छन् । गोल मेसिनको रुपमा चिनिने सावित्रा भण्डारी ‘साम्बा’ देखि युवा फरवार्ड रेखा पौडेलसम्म अहिले विदेशी लिगमा व्यस्त छन् । कप्तान एन्जिला सुब्बा युरोमा खेल्न जाने तयारीमा छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभागीय क्लब देखि प्रदेश र नगरपालिका समेटेर १० टिमको महिला लिग सञ्चालन गरिरहेको छ ।

जसमा विभागीय टोली बाहेक अन्य विभिन्न ७ टोली सहभागी छन् । लिगमा विदेशी खेलाडीहरु समेत आएर खेलिरहेका छन् । विभाग, प्रदेश र नगरपालिका बाहेक फुटबल खेल्नका लागि महिलाको क्लबसमेत बन्न थालेको छ । संकटा र बागमती युथ क्लब त्यसै उदाहरण हुन् । नेपालमा शीर्ष डिभिजनमा लिग सुरु भइरहँदा नेपालका आधा दर्जन खेलाडी भने विदेशी लिगमा व्यस्त हुँदैछन् । पु?ष खेलाडीह? भन्दा पहिले महिला खेलाडीले युरोपमा व्यावसायिक फुटबल खेल्दै कीर्तिमान बनाएका हुन् । यस्तै एएफसी च्याम्पियन्स लिगमा पनि नेपालको महिला खेलाडी र क्लबले पहिले खेल्दै इतिहास रचे । पछिल्लो समय नेपालको महिला फुटबलले प्रगति गरिरहेको छ । तर यसमा सम्बन्धित निकायबाट चाहिने जति गर्नुपर्ने जति काम भएको छैन । यद्यपि खेलाडीह? भने आफ्नै मिहिनेत र परिश्रमबाट विदेशी लिगमा उठान भरिरहेका छन् ।