काठमाडौँ । राजधानी काठमाडौँमा पछिल्लो २४ घण्टामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका(३१ सुकुम्वासी १ नम्बर पानी ट्याङ्की नजिकै बाग्मती खोला किनारमा एक जना पुरुषको शव शनिबार फेला परेको हो । उक्त शव सिन्धुली कमलामाई नगरपालिका(११ घर भई काठमाडौँ नरदेवी बस्ने ४( वर्षीय केदार बहादुर खड्काको रहेको खुलेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका(८ घर भएका ५) वर्षीयको लोकेन्द्र महत पनि आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(( भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका ९ ( गोलीगढ बस्ने ५) वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाको भिमेश्वर नगरपालिका ९७ चर्नावती सामुदायिक जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।