२३ भदौ, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा भदौ २० मा एक जना महिला मृत फेला परिन् । करिब ३५ वर्षीया महिलाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनको पहिचान खुलेको छैन । हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू पुरुष हुन् ।
हत्यापछि उनीहरुले सुन्दरीजलस्थित बागमतीको किनारमा ढुङ्गाको चेपमा शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।