• भाद्र ३१ २०८१, सोमबार

अछाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ

भाद्र २२ २०८१, शनिबार

काठमाडौं, भदौ २२ । अछाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पन्चदेवल बिनायक नगरपालिका–९ ओखरगैराका ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउँदको साथबाट घरनजिक बारीमा लुकाइछिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद बरामद भएको छ ।

यस्तै, कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाएर राखेको एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली ९ वटा र बारुद प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय, कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा घर तथा बारीमा खानतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसाको गोली र बारुद बरामद गरेर उनीहरूलाई पक्राउ गरेको हो ।