२२ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पोलाइन्ड नामक लागुपदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बेलुका काठमाडौं महानगरपालिका–३२ कोटेश्वर स्थित झोलुङ्गे पुल नजिकबाट कन्चनपुरको कृष्णपुर नगरपालिका–२ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा ५ किलो लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनको नाम भने खुलाएको छैन ।