• मंसिर ६ २०८१, बिहीबार

खुल्यो नेपालमा चिनियाँ टिकटकमाथिको प्रतिबन्ध

भाद्र २१ २०८१, शुक्रबार

काठमाडौं । नेपालमा चिनियाँ एप टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेको छ । योसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई टिकटक खुला गर्न निर्देशन दिएको छ । यसअघिको प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

तर गत भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यसपछि सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि प्राधिकरणले आज एक परिपत्र जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

अर्को निर्णय नहुँदासम्म टिकटकमा लगाइएको रोक हटाउन प्राधिकरणले निर्देशन दिएको छ । सामाजिक सद्भाव खल्बलिएको भन्दै तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।