• मंसिर १२ २०८१, बुधबार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

भाद्र २१ २०८१, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ २१ गते शुक्रबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यसैगरी यूरो एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ।

युके पाउण्ड स्ट्रलिङ एकको एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०३ र बिक्रीदर एक सय तीन रुपैयाँ ४९ पैसा कायम भएको छ।