२० भदौ, काठमाडौं । तनहुँबाट काठमाडौं पढ्न आएकी सूचित्रा अधिकारीले अहिले पढाइसँगै आफ्नै कम्पनी खोल्न सफल भएकी छिन् । काठमाडौं बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) को सातौं सेमेस्टर अध्ययनरत अधिकारीले कलेजकै कारण अहिले नयाँ व्यापार सुरु गरेकी हुन् । ‘केएमसी पढ्दा आइडियालाई बिजनेसमा कन्भर्ट गर्न यहाँको वातावरणले प्रेरित गर्याे, त्यसपछि सुरु गरेको हो । कलेजले नै वर्कस्पेस र क्लायन्ट भेट्ने ठाउँ बनाइदिएको छ,’
अधिकारी भन्छिन् । आफू ब्याचलर पढ्न आउँदा पहिलो सेमस्टेरबाट नै ‘ग्रोथ’ हुन थालेको उनले बताइन् । केएमसीमा हरेक गतिविधिमा विद्याार्थी आफैं सहभागी हुन्छन् । ‘हाम्रो कोर्सबाहेक अन्य क्षमता जस्तै नेतृत्व गर्ने, प्रश्न सोध्ने, सामाजिक विषयको ज्ञानजस्ता कुरा थाहा हुन्छ । पर्सनल्ली चाहिँ मलाई बिजनेसमा चासो थियो । यहाँ कलेजले पनि आन्ट्रप्रेनरसिप, स्र्टाटअपका लागि एकदम सपोर्ट गरिरहेको छ । वातवारण नै यस्तो भएको छ । अहिले ‘स्पाको राइटिङ’ भन्ने कन्टेन्ट राइटिङ कम्पनी निर्माण गरेर यहीँ काम गर्छाैं, अफिस नै वर्कस्पेसलाई बनाएर गरिरहेका छौं,’ उनले भनिन् ।