काठमाडौं, भदौ २० । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।