वाराणसी (भारत), १९ भदौ । वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् ।
भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् । जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन् ।
गङ्गाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ । हिन्दूहरू यसबाट पुनरजन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन् ।
बयानब्बे वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूर पश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गरे । आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उनी खुशी हुन्थे ।
लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उनले भने, ‘यो भगवानको आफ्नै भूमि हो ।’ उनका अनुसार उनको भगवानले उनलाई अझै पाँच महिना बाँच्ने बताएका छन् ।
उनी एउटा धर्मशालामा समय बिताउन सन्तुष्ट हुन्छन् । धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिनहरू बिताउन आउनेहरूलाई सेवा गर्दछ । अग्रवालले भने, ‘म हरेक दिन भगवानसँग कुरा गर्छु, चाँडै नै म भगवान्को घरमा शान्तिसँग हुनेछु ।’
सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उनले ठाउँमा पाउएका छन् । केन्द्रमा ४० वटा कोठा छन् । धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ ।
नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न हुन्छन् । अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन । बनारसको नामबाट पनि चिनिने हिन्दूहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो ।
यो संहारका देवता भगवान् शिवको सहर हो । हिन्दूहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्ने बताउँछन् । ‘मोक्ष’ अर्थात मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन् ।
मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन् । अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन् ।
बिरामीका लागि चिकित्सा सुविधा छ तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन । यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ ।
बहत्तर वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी गए । ‘मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गङ्गामा विसर्जन होस’, उनले भने ।
उनले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाहरूको उत्सव हेर्नुभएको छ । ‘मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईंलाई भगवानको जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ’, उनले भने, ‘त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ ।’
गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमानसँग यहाँ आएकी थिइन । सात वर्षअघि उनको श्रीमानको मृत्यु भयो । अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उनी जान तयार हुन्छिन् ।
हिन्दू धर्मको पवित्र रङ भगवा साडी लगाएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो प्रतीक्षा गरिरहेकी छिन् । ‘यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्षा प्राप्त हुनेछ’, उनले भनीन् ।