• मंसिर ११ २०८१, मंगलवार

पारा ओलम्पिकमा ऐतिहासिक उपलब्धि हासिल गरेकी पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

भाद्र १९ २०८१, बुधबार

काठमाडौं, भदौ १९ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेर नेपाल फर्किएकी पलेशालाई भव्य स्वागत गरिएको हो ।

कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अंकले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

पदक जितेर स्वदेश फर्किएकी पलेशाले स्वतःस्फुर्त रूपमा विमानस्थलदेखि सडकसम्म न्यानो स्वागत पाएकी हुन् ।