• भाद्र ३१ २०८१, सोमबार

सम्झने क्षमताको वृद्धि यसरी गर्नुहोस्

भाद्र १९ २०८१, बुधबार

बिर्सने रोगले धेरैलाई सताउने गरेको छ  ।  पढेका कुरा बिर्सने बानीले त झन धेरै चिन्ताको विषय बन्ने गरेको छ ।  धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने निम्न टिप्स तपाईंका लागि उपयोगि बन्न सक्छन् ।

वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्याधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।

धेरै उमेर भएको वयस्कहरुमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि  दैनिक रुपमा व्यायाम गरियो भने सम्झने क्षमतामा बृद्धि हुने एक सर्वेले बताएको छ ।

त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रुपमा व्यायाम गर्नुपर्ने अमेरीकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।

त्यस्तै शरीरको व्यायामसँगै दिमागको पनि व्यायाम गर्ने, थाकान मेट्ने गरी सुत्ने, सबैसँग रमाइलो र राम्रो व्यवहार गर्नाले पनि धेरै कुरा सम्झनामा आउने गर्दछ ।

दिमागको सबैभन्दा ठूलो सत्रु तनाव हो । तनाब कम भए तपाईंको दिमागले सँधै नयाँ सिर्जनसिल कुरा गरिरहेको र सिकिरहेको हुन्छ । साथै स्मरण शक्ति पनि बढ्छ ।

गोलभेँडा , ओखर, स्ट्रबरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन गरेर पनि मस्तिष्कको क्षमता वृद्धि गर्न सकिन्छ ।