• मंसिर ११ २०८१, मंगलवार

दिवंगत पितृको सम्झनामा गोकर्णमा श्राद्ध गर्नेको घुइँचो

भाद्र १७ २०८१, सोमबार

काठमाडौं । बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ । उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ ।

तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन् । कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन् । गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ । श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी–सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ । गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ—संस्था आजको दिन बिदा दिइएको छ । आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ ।

बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन् । छोराछोरीले आफ्ना पितालाई मीठा–मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ ।