युक्रेनले रुसको राजधानी मस्को र सीमावर्ती क्षेत्रमा ड्रोन हमला गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त पारको बताएका छन् ।
यद्पि स्थानीय अधिकारीहरूले ब्रायान्स्क र भोरोनेज क्षेत्रमा करिब ४० ड्रोनहरू ध्वस्त भएको बताएका छन् ।मेयर सर्गेईले भने, ‘हामीलाई निकै कम क्षति भएको छ । दुईवटा इन्धन स्टेशन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।
मेयर सर्गेईले सामान्य क्षति भएको जानकारी दिए पनि संवाददाताहरूले रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी प्रदान नगरेको जनाएका बीबीसीको समाचारमा उल्लेख छ ।