काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
शुक्रबार डलर एकको खरिददर अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।
यस्तै, अष्ट्रेलियन डलर पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ४२ पैसा तोकिएको छ ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा कायम गरिएको थियो ।
युरोपियन युरो एकको खरिददर आज १४८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रूपैयाँ ०६ पैसा तोकिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो । त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७६ रूपैयाँ ४५ पैसा र बिक्रीमा १७७ रूपैयाँ २४ पैसा पाइन्छ । त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ८० पैसा पाइन्छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ३१ रूपैयाँ १३ पैसा पाइन्छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४४० रूपैयाँ २९ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८० पैसा तोकिएको छ ।