• भाद्र ३१ २०८१, सोमबार

खालीपेटमा के–के सेवन गर्ने ?

भाद्र १६ २०८१, आईतवार

हरेक मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान विशेष कारक मानिन्छ ।  हामीले कुन समय के खाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने भएकाले बिहान खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ । तसर्थ खालीपेटमा खानुपर्ने खानेकुरा यस्ता छन् :-

मनतातो पानीको साथमा मह
बिहानको समयमा मनतातो पानीमा एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ । जुन पेट सफा गर्ने एवं स्वस्थ राख्नको लागि प्रभावकारी हुन्छ । यसका अलावा यो वजन कम गर्नको लागि पनि प्रभावकारी हुन्छ ।

एलोबेरा जुस
यदि तपाईं पेटको समस्याबाट ग्रस्त हुनुहुन्छ भने वा पेटसम्बन्धी कुनै समस्या छ भने खालीपेटमा एलोबेराको जुस लिन सकिन्छ । यसबाट केवल आफ्नो पेट सफा हुन सक्छ । यसबाट कब्जियतको समस्याको समाधान समेत हुन्छ ।