• भाद्र २९ २०८१, शनिबार

नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

भाद्र १५ २०८१, शनिबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी(२) क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम घोषणा गरेको छ ।

आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो । आठ टोलीमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । लिग आगामी नोभेम्बर ३) देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने कार्यक्रम छ ।