• भाद्र २९ २०८१, शनिबार

पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशालाई प्रचण्डले दिए बधाई

भाद्र १५ २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि पलेशालाई बधाई दिएका हुन् ।

‘नेपालकी पलेशा गोवर्धनले पारा ओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्,’ उनले भनेकी छिन्, ‘पलेशालाई उपलब्धिका लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ ।’