• भाद्र २९ २०८१, शनिबार

डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घट्यो

भाद्र १५ २०८१, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ १५ गते शनिबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।