• भाद्र २९ २०८१, शनिबार

करेन्ट लागेर एकको मृत्यु

भाद्र १४ २०८१, शुक्रबार

बारा, १४ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।