• भाद्र २९ २०८१, शनिबार

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र १४ २०८१, शुक्रबार

काठमाडौं, भदौ १४ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।