• भाद्र २९ २०८१, शनिबार

बाँके बस दुर्घटनामा थप एकको मृत्यु

भाद्र १३ २०८१, बिहीबार

नेपालगञ्ज (बाँके), १३ भदौ । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षाीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रूवाहक बस कोहलपुर नेपालगञ्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ । तीमध्ये भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।